होमCHF / NPR • मुद्रा
add
CHF / NPR
अघिल्लो दिनको अन्तिम मूल्य
१५०.७२
बजारसम्बन्धी समाचार
नेपाली रूपैयाँ का बारेमा
रुपैयाँ नेपालमा प्रचलित मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ। एक रुपैयाँलाई सय भागमा बाँडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाँडिन्छ। नेपालमा मुद्राको प्रचलन पहिलो लिच्छवी राजा मानदेवले आफ्नो शासनकाल देखी ल्याएका हुन्। त्यातिबेला राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए भने कागजी नोटको प्रचलन २००२ साल असोज १ गतेबाट जुद्धशमशेरले श्री ५ त्रीभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित रु. १, ५, १० र १ सयका नोटहरु सदर मुलुकिखानाबाट प्रकाशनमा ल्याएपछि भएको हो । २०२६ साल बैशाख १४ गते बाट रु. १ हजार, २०२७ साल जेठ ३० गते बाट रु. ५ सय, २०३४ साल बैशाख १४ गते बाट रु. ५०, २०३८ साल बैशाख १४ गते बाट रु. २ र २०३९ साल कार्तिक २२ गते बाट रु. २० को नोटको सुरुवात भएको हो । वि. सं. २००९ साल मा नेपाली मुद्रा लाई आधिकारिक रुपमा 'नेपाली रुपैयाँ' भनी घोसित गरिएको हो। Wikipedia